नियम २५
संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गर्ने आधार
: (१) ऐनको दफा ६९ को उपदफा (३) बमोजिम संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यलाई रकम वितरण गर्दा: देहाय बमोजिम वार्षिक कारोबारको आधार लिनु पर्नेछ :-
(क) उत्पादक संस्थामा सदस्यले संस्थालाई बिक्री गरेको उपजको खरिद मूल्य,
(ख) बित्तीय संस्थामा सदस्यले जम्मा गरेको बचत र् लिएको क्रण रकममा तिरेको ब्याज,
(ग) उपभोक्ता सम्बन्धी संस्थामा सदस्यले संस्थासँग खरिद गरेको वस्तु वा सेवाको मूल्य,
(घ) _ श्रमिक सम्बन्धी संस्थामा सदस्यले संस्थाबाट प्राप्त गरेको ज्याला,
(ङ) बहुउद्देश्यीय संस्थामा खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित आधार ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि उत्पादक संस्थाले सदस्यलाई आवश्यक सामग्री बिक्री गरेकोमा त्यस्तो कारोबारलाई समेत गणना गर्न सकिनेछ ।
(३) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्रणको भाखा नघाएको सदस्यलाई त्यस्तो क््रणमा तिरेको ब्याजको आधारमा संरक्षित पूँजी फिर्ता दिइनेछैन । (४) उपनियम (१) को खण्ड (ख) बमोजिम कोषको रकम वितरण गर्न बचत रकमको लागि चालीस प्रतिशत र क्रणमा तिरेको ब्याज रकमको लागि साठी प्रतिशत भार दिई गणना गरिनेछ ।
(५) गत आर्थिक वर्षको कारोबारको संरक्षित पुँजी फिर्ता कोषको रकम चालु आर्थिक वर्षभित्र वितरण गरिसक्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम कुनै आर्थिक वर्षमा वितरण गरी बाँकी रहेको रकम सोही आर्थिक वर्षको अन्त्यमा जगेडा कोषमा सार्नु पर्नेछ ।
(७) संरक्षित पूँजी फिर्ता सम्बन्धी अन्य व्यवस्था विभागले निर्धारण गरे बमोजिम हुनेछ ।